Thursday, November 13, 2014

प्रेम पत्र : डिपी आचार्य रोयल



हो.प्रिय
आजकाल म धेरै न रुथालेको छु विगत सम्झेर...। कहिले काही लाग्छ नवजात शिशुहरु पनि मजति रुदैनन होला । अनि उनिहरुको रुवाइ र मेरो रुवाइमा के फरक छ र ? उनीहरु चिच्चाएर रुन्छन्, म चुपचाप । लामो समयदेखी तिमी संग भाग्न खोजेको थिए, तर यो महसुस भयो कि तिमीसित भाग्नु आफैसित भाग्नु हो । मेरो पीडा घटेन झन् बढ्यो..। आफैप्रति धृष्ट हुन नसकिदो रहेछ । कहा“ भा“गू आफैदेखी ? ति सत्यहµलाइ कहा“ मिल्काउ ? के मा छ विस्मृती ? तिम्रो स्मृतिबाट मात्र पनि म हरेक Ôण्ँ असुरÔित महसुस गरिरहेको छु । यो के ?र आजकल यी प्रताडित दिनहरु एउटा नियमितझै“ भइसकेको छ, सास फेर्नुजतिकै..। मलाइ होस्, चेतना,उज्यालो सब बेठिक लाग्न थालेको छ । पूणर््ँ होस् सम्हालेर बस्न एकदम कष्टप्रद हुदो रहेछ, कमसेकम एउटा मान्छेलाइ। म बुझिरहेछु प्िरय..मान्छे किन होस लाइ लात मार्ने गर्छन् ? किन बा“च्नुसित विद्रोह गर्छन ? किन आत्महत्याको प्रयास गर्छन ? किन मान्छे हुनुको सत्यसित डराउछन् कहिलेकाही ? कहिले काही यही चेतना पनि अभिसापझै“ बन्दो रहेछ ।
मेरी प्यारी, । तिमीलाइ कुन कुराले बुझाउ ? के चाहिलो हो तिमीलाइ बुझाउनका लागी ? के भने के गरे , तिमी छर्लङ् हु“दो हौ ? केही सुत्र त हुदो हो, कमसेकम तिमीलाइ बुझाउन । कसरी कुन तत्वले तिमीलाइ पगाल्न सकिदो हो ? कहा“ कुन संसारमा विद्दमान छ त्यो तत्व जसले तिम्रो ह्द्यको गहिराइमा स्पर्श गर्न सकोस् । तिमी आफै भन्देउ , मेरी प्िरया । म जान्दिन..बुझ्दिन । तिम्रो मन भित्र कस्ता विचार छन् ? म हर समय सोच्छु , अझ तिमीलाइ नै सोध्न मन लागेको छ । के प्रेम महत्वपूणर््ँ होइन ? मैले देखेको, मैले जानेको संसारमा, प्रेम बाहेक सबै गौण्ँ छन् । तिम्रो संसार, तिम्रो विचार किन मसित बेमेल ? सके आलोचना गर्दी हौ मेरा यी पुङ न पुच्छरका विचारहµप्रति । यसमा म कति व्यवहारिक छु, मलाइ त्यसको किञ्चित पनि पर्वाह छैन । हो, म नस्पट्ट अन्धो हुन थालेको छु । मलाइ देख्नु या नदेख्नुसित कुनै सरोकार छैन । म निरपेÔ छु अµका कुराहµसित । मलाइ सुन्नु या नसुन्नुसित कुनै सरोकार छैन । म भित्र एउटा गहिरो भाव बसेको छ । बस्, मैले अनुभूत गर्ने त्यत्ती हो । तिमीले ठिकठाक स्पष्टीकरण्ँ दिएकी भए आफैलाइ सम्झाउदो हु“, आखिर प्रेम प्राप्ति मात्र होइन भन्दै, तर यहानेर आएपछि मलाइ पटक्कै चित्त बुझ्दैन,
प्रिय मानें प्रेम समर्पण्ँ पनि हो, तर सर्पण्ँ? केका लागी ? कसका लागि ? समर्पण्ँ गर्ने पनि केही आधार र विवशता हुन्छन् । तर न तिमीले आङ्खनो विवशता सबै बताएकी छयौ, न म आफूलाइ कुनै कोण्ँबाट चित्त बुझाउन समर्थ भइरहेछु...म यादगर्छु ति दिनहµ , केवल एउटा नमिठो सपना मात्र होस् । तर अपसोच, सत्यलाइ त तिमीले नै घा“टी निमोठेर कतै मिल्काएकी थियौ । र, यही यथार्थ बेला कुबेला मलाइ गोमन सा“पझैं फ“डा उठाएर डस्न आउ“छन्..र त्यो डसाइ, हाय। म प्रत्येक पल रगताम्भे भएर घिस्रिरहेको हुन्छु । एक–एक पल, मानौ दम भएको छ मलाइ । मेरा फोक्सो श्वास तान्न नसकेर गा“ठो परेर बसेको छ । यो दिनहµ शरिरमा एउटा –एउटा गर्दै असंख्य घाउहµ थप्दै लडिरहेछु..।

यौन व्यबसायलाई कानूनी मान्यता कि, कारबाही ?

रोयल आचार्य
महिला पुरुषहरु एक अर्काका परिपूरक हुन यो हरेक महिला पूरुषका लागि लागू हुने कुरा हो । कुनै पनि महिला वा पुरुषले एउटा आफ्नो साथी बनाउने गर्दछन । जसलाई नेपालको परिप्रेक्षमा विवाह अगाडी बनाईएका साथीलाई ब्वाई फ्रेण्ड वा गर्लफ्रेण्ड भनेर सम्बोधन गर्ने प्रचलन छ भने विबाह पछाडी श्रीमान–श्रीमती भनेर नाता सम्बन्ध गासिने गर्दछ । अधिकांश विकसित देशहरुमा प्रत्येक किशोरले केटी साथि र हरेक किशोरीले केटा साथी बनाउने गरेको पाइए पनि नेपालको हकमा भने अझै यो लागू हुन सकेको छैन । विबाह अगाडीको शारीरिक सम्बन्धलाई नेपालको कानूले पनि पूर्ण रुपमा समर्थन गरेको पाईदैन । अझ सार्वजनिक स्थानमा शारीरिक सम्न्ध राखे वाफत त विबाहित जोडिलाई समेत कारबाही हुन्छ । नेपालका विभिन्न शहरहरुमा त पैशा कमाउनका लागि विभिन्न प्रकारका यौन व्यबसाही सक्रिय छन् ।
यौन व्यबसायलाई नेपालको कानूनले अपराध भनेको छ । विभिन्न शहरहरुमा यौन व्यबसायि वा यौनकर्मीलाई नेपाल प्रहरीले पक्राउँ गरि मुद्धा समेत चलाउने गरेको छ । मुद्धा परेका धेरै यौनकर्मी वा यौन व्यबसायिहरु कानून अनुसार सजाय भोग गरेका छन् भने कतिपय राजनितिक आडमा छुट्कारा पाएका छन् । नेपालका विराटनगर, धरान, इटहरी, चितवन, वुटवल, धनगढी लगायतका शहरहरुमाहरुमा भट्टि, खाजा पसल तथा पाहूँना घर खोली त्यसमै यौन व्यबसाय चलायर गुजारा चलाइरहेका छन् । अझ राजधानि काठमाडौंमा त गेष्ट हाँउस साथै मसाज सेन्टर खोलि दिन दहाडै यौन व्यबसाय गरिरहेका छन् । यसबारे प्रहरी प्रशासनले त्यति चासो दिएको देखिदैन । तर यौन व्यबसाय रोक्न भनेर कुनै पहल भने नभएको होइन ।  काठमाडौंका ठमेल, गौशाला, कलंकी, नंया बसपार्क, गोंगबु लगायतमा रहेका केहि गेष्ट हाँउस तथा मसाज केन्द्रबाट कतिपय जोडीलाई रङ्गेहात पत्रलाउँ गरि आबश्यक कारबाही समेत गरेको छ ।
राजधानिको मुटु रत्नपार्कमा त दैनिक साझ पख मेला नै लाग्छ । झिसमिस साझ पर्न नपाउँदै सजि सजाउँ भएर दजनौ यौनकर्मीहरु लामबद्ध भएर बस्छन भने दर्जनौ युवाहरु पनि रत्नपार्क ति ओहोर दोहोर गरिरहन्छन् । त्यहाँ यौन प्यास मेट्ने सोच बनाएर आएका वेरोजगार साथै केहि रोजगार भएका व्यक्ति समेत आफ्नो काम सकेर उपस्थित हुने गर्दछन् । यौनकर्मीहरु पनि कुनचाहीलाई आज मुर्गा बनाउन पाईन्छ भन्दै कुरिरहेका हुन्छन । अलि आटिलोले त सोधि हाल्छ –‘‘जाने हो’’ । कतिबेर मुर्गा भेट्टाइन्छ भनेर प्रार्थना गरिरहेका तेस्रोलिङ्गी जस्तो देखिने यौनकर्मीले हत्त न पत्त उत्तर दिइहाल्छन ‘‘कति दिने हो ?’’ । यस्तै यस्तै कुराबाट शुरुवात हुन्छ । एक जनाको ३ हजार देखि ५ हजार सम्मको कुरा गरी गेष्ट हाँउसमा तिर ट्याक्सिमा दगुरिहाल्छन । नजिकैमा बसेका ट्याक्सिहरु पनि मौकाको फाइदा उठाइहाल्छन । यौनकर्मी र यौन प्यास मेट्टाउन आएका मध्ये कतिपयले त आफ्नो इच्छा पुरा गरीहाल्छन भने केहि यौनकर्मी ग्राहक आउँने आशमा रातको ११ बजे सम्म रत्नपार्क कै आसपासमा कुरिरहेका हुन्छन । त्यस समयमा कुनै छोरा मान्छेलाई देखेमात्र भने ‘जाने हो’ भनेर सोधिहाल्छन् । अस्ति भर्खर व्यापारी शम्भू क्षेत्री महाबौद्धमा रहेको आफ्नो पसल बन्द गरि आफ्ना कर्मचारी समेतलाई बिदादिई आफ्नो घर तर्फ लम्कदै थिए । बाटा उनले बिभिन्न रमाईला दृश्यहरु देखे जुन दृश्य उनले निकैबेर निहाले । कोहि युवाहरु मोटरसाईकलमा आएर कतिमा जाने भनेर डिल गर्दै थिए भने कोहि कोहि चाहि दाममा कुरा नमिलेर दलाल गरिहेका थिए । एक दुब्लो जस्तो देखिने व्यक्तिले रत्नपार्कको दक्षिण पट्टि रहेको बारमा अढेस लागेकि एक तेस्रो लिंगि जस्तो देखिने महिलाई ‘जाने हो ?’ भनेर प्रश्न गरे । उनको प्रश्न सुनेपछि पुलुक्क ति युवा तिर हेर्दै ‘कति जना हो ?’ भनेर अर्को प्रश्न तेर्साय । फेरि ति युवाले २ जना भने पछि १० हजार दिने भए जाने भनेर भनिन । त्यो कुरा सुनेर ति युवाले ‘कत्ति महंगा हौ’ मात्र के भनेका थिए ‘त्यसो भए आफ्नै दिदी, बहिनीलाई गर जा’ भनेर रिस उठ्दो जवाफ फर्काईं । त्यस्तो नमिठो जवाफ सुनेर ति युवा वाक्क न बाक्य भए । त्यो रमाईलो दृश्य नियाली रहेका शम्भु क्षेत्री अचम्ममा परे । कस्तो असभ्य वोलि उनी तिन छक्क परे । यो पक्रिया दैनिक  चलिरहन्छ । रत्नपार्ककै अगाडी नेपाल प्रहरी आयुक्तको कार्यालय छ तर नेपाल प्रहरी मुक्त दर्शक जस्तो बनेर हेरिरहन्छ । यो पक्रिया रोक्न जति प्रयास गरे पनि प्रभावकारी खालको एउटा काम समेत गरेको छैन प्रहरीले । खुले आम यस्ता यौन धन्दा चलिरहेको छ । यो त भयो पैशाको लागी गरिने यौन क्रियाकलाप तर यस बाहेक मनोरञ्जनका लागी गरिने यौन धन्दाले पनि नेपालमा धेरै नै नकरात्मक प्रभाव पारेको छ । कतिपय दम्पतीको  सम्बन्ध नै विग्रिएको छ भने कतिपय यौन क्रियाकलाप गरेका कारणलेनै मृत्यु साथै आत्महत्या गर्न समेत बाध्य छन् । केहि महिना अगाडीको मात्र कुरा हो दाङ देउखुरीबाट कतार जानका लागि काठमाडौं आएका हरि बहादुर कार्की नंया बसपार्कको एक गेष्ट हाउँसमा कोठा वुक गरे । विदेश जान २ दिन मात्र बाँकि रहेका कार्की कोे दिउसो एक महिला संग चिनजान भयो । उनीहरु दिनभरी गफगाफ गरि वेलुका संगै गेष्ट हाँउसमै बस्ने निर्णय समेत गरे । वेलुका हलुका मनोरञ्जन गर्ने भनि २ प्याक रक्सी पिएर एउटै कोठामा सुतेका जोडी भोलि पल्ट विहान उठेर हेर्दा ति महिला मृत जस्ती देखिइन । त्यो अवस्था देखेर कार्की आफैले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुसन्धान पछि सिन्धुपाल्चोक घर भएकी ति महिला श्रीमान संग सम्बन्ध विच्छेद भएपछि फाईनान्समा काम गर्दै बालाजु वस्दै आएकी वताईएको छ भने हत्या आशंकामा ति कार्कीलाई हिरासतमा राखिएको छ जसको कारण उनको वैदेशिक रोजगारको सपना समेत चकनाचुर भएको छ । उता आफ्ना श्रीमान प्रदेश गएको बखतमा केहि महिलाले आफ्नो यौन प्यास मेटाउन पर पुरुष संग सम्बन्ध राख्ने गरेको पाईन्छ । शारीरिक सम्बन्ध राखेको धेरै समय भएपछि शारीरिक सम्बन्ध राखेको समाजले थाहाँ पाउँने र थाहाँ पाए आफूले अर्काकी श्रीमती स्विकार  गर्नु पर्ने डरले ति पर–पुरुषले महिलाको विभत्स हत्या गर्ने गर्दछन भने कोहि कोहि महिला आफ्नो लाज छुपाउन नसकेर आत्म हत्या समेत गर्दछन । गत असार महिनामा मलेसियाबाट फर्किदा श्रीमती अर्कै संग लागेका भन्दै एक व्यक्तिले भोजपुरमा धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको विभत्स हत्या गरेका थिए ।
केहि अघि ललितपुरको भैसेपाटीमा डेरा गरेर बसेका एक युवक आफ्नै कोठामा मृत फेला परे । २० बर्षिय ति युवक शंकरदेव क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिए । खोटाङ घर भई एकान्तकुनामा एक्लै बस्दै आएका उनी वेलुका कसैलाई केहि नभनी कोठामा सुतेका थिए । विहान रहस्यमय मृत्यु भएपछि पुगेको प्रहरी टोलिले शवलाई परिक्षणका लागि अस्पताल लिएर गयो । अनि शव संगै रहेको मोवाएल फोनलाई अनुसन्धानको लागी कल डिटेल हेर्न नेपाल टेलिकम लग्यो । कल डिटेल हेर्दा साझ एक युवती संग लामा कुराकानि भएको थियो । अनुसन्धान पछि प्रहरीले नक्साल बस्ने मूना (नाम परिवर्तन) संग प्रेम सम्बन्ध रहेको खुलाएको थियो । मूनाको कलेज छुट्टि भएपछि भेट्ने योजना अनुसार मूना न्यु प्लाजामा पर्खिरहेकी रहिछन् । भेट्नको लागि तोकिएको समय भन्दा केहि ढिला पुगेको युवक र ति युवती पुतलिसडकमा भेटभई भृकुटिमण्डप (फनपार्क) घुम्न गएका थिए । मृत्यु हुनु भन्दा अघिल्लो दिन फनपार्क घुमेर रमाईलो गरेका उनीहरु साझ मूनालाई कुनै दिन संगै बसेर वियर खाने सल्लाह गरेर उनको घर नजिकै पुगेर एक अर्कामा चुम्बन गरेर विदा भएका थिए । वेलुका कोठा पुगिसकेपछि फोन गरेकी मुनाले ति युवकलाई आफूले साचो माया नगरेको र आफ्नो पुरानो ब्वाईफ्रेण्ड भएको वताए पछि उनले भावुक शैलिमा ‘तिमीले मलाइृ पहिल्यै भन्नु पर्ने थियो तर पनि केहि छैन आजै भन्यौ ठीकै छ तिमी खुसी हुनु, तिमीले मलाइृ माया नगरे पनि म सधै तिमीलाई माया गर्ने छु । तिमी मलाई मिल्छ भने भोलि एकपटक भेट ।’ भनेको थियो । मुनाले आफू भोलि भेट्न नसक्ने बोरु पर्सितिर भेटौला भनेर फोन राखेका थिए । तर पर्सि हुन नपाउँदै ति युवले संसार छाडे । प्रहरी अनुसन्धानले यसवकले आत्महत्या नै गरेको भन्ने प्रमाणि गरेको थियो । ति युवक त प्रतिनिधि पात्रमात्र हुन यस्तै कारण धेरै युवा युवती आत्महत्या गर्ने गर्दछन ।
चाहे रत्नपार्कको कथा होस चाहे मूना र ति युवकाको व्यथा नै होस् । चाहे बसपार्कको घटना होस या भोजपुरको हत्या यि सबै यौनप्यास मेट्टाउन का लागि गएिको जोसको परिणाम हो । यौनप्यास कै कारण कतिपयले अर्काको हत्या गरेका छन भने कसैले आवेसमा आफैलाई संसारबाट बिदा लिएका छन् । अन्य घटनाहरु बारे प्रहरी त्यति जानकार हुन नसक्ने भए पनि विभिन्न शहरहरुमा भइरहेका यौन धन्दा बारे भने प्रहरीले बुझको नै छ । नेपालको कानूनले अपराध भनेको कार्य खुलेआम सञ्चालन भइरहदा पनि सम्बन्धित निकायले यसलाई रोकथाम वा निर्मूल पार्न सकेको छैन । विश्वमा यस्ता देशहरु पनि छन जहाँ यौन व्यबसायिहरुलाई निश्चित एरिया तोकिदिएर कानूनी मान्यता समेत दिएको छ । नेपालमा पनि यौन व्यबसायलाई कानूनी मान्यता दिनु पर्छ भनेर गाईगुई कुराहरु समेत उठेका छन् । तर कानूनी मान्यता नदिएको भए पनि यस्ता प्रकारका क्रियाकलाप सञ्चालन भईरहेका छन् । अब राज्यले यौन व्यबसाय निर्मूृल पार्न कडा भूमिका निर्वाह गर्नु प¥यो होइन भने कानून मै निश्चित क्षेत्र तोकेर मान्यता दिनु प¥यो होईन भने नेपालमा यस्ता क्रियाकलापले नकरात्मक हसर पार्न सक्दछ । यसर्थ यस बिषयमा राज्य मौन बस्नु हुँदैन । यसका लागि केहि न केहि पहल कदमी चाल्नु आबश्यक छ ।

Tuesday, November 4, 2014

मेरो पत्र सिर्फ वहाँको लागि : डिपी आचार्य


मलाई थाहाँ छ, अहिले तपाई विगतको भन्दा पुरै परिवर्तन हुनु भएको छ । हिजो आज तपाई म सँग वातचित गर्न पनि मन पराउनुहुन्न । वास्तबमा भन्नु पर्दा तपाई र मा केहि फरक छैन । फरक छ त केवल मात्र उमेरको । तपाइले म भन्दा ३ बर्ष अघि यस संसार देख्नु भयो मैले ३ बर्ष पछि । म ढिलो जन्मे कै कारण तपमईले म प्रति त्यति राम्रो व्यबहार देखाउनु भएन । मलाई थाहाँ छ, हिजो म सानो थिए, वुद्धि थिएन । खोई किन हो मेरो वाल्यकालमा म सधै तपाई संगै हुन चाहान्थे, तर तपाई मेरो भावनालाई खरानी बनाउने दुष्प्रयास गर्नु हुन्थियो । तपमई बाहिर कतै निस्किदा म तपाई संगै जान चाहान्थे अनि विभिन्न खेलहरु खेल्दा पनि म तपाई संगै खेल्न रुचाउथे, तर तपाई मेरो भावनाको अपहेलना गर्नु हुन्थ्यो । तपाई संग बाहिर कतै जान खोजेकै भरमा मैले कति पटक हजुरको हातबाट गालामा केहि उपहार समेत पाएको थियो । म जुनवेला सानो थिए त्यसवेला म तपाईबाट संरक्षित हुन चाहान्थे । तपाईले मलाई संरक्षण दिनुको सट्टा मेरो साथीहरु संग तुलना गरी शारीरिक रुपमा म असक्षम भएको भनि मेरो मनोवल गिराउने काम सम्म गर्नु हुन्थ्यो । म सानो हुँदा पनि हजुरको सफलताको कामना गर्थे । तपाई फुटवल खेलको गोल रक्षक बनेर गाउँका साथीहरु संग गेम खेल्न जानु हुन्थ्यो, त्यतिबेला हजुरको राम्रो प्रदर्शन होस् र सबै साथीहरुले हजुरको प्रशंसा गरुन भनेर म भगवान संग प्रार्थना गर्थे । तर तपाईले मेरो मनोवल उच्च बनाउने प्रकारको कुनै पनि क्रियाकलाप गरेको मैले आज सम्म अनुभूति गर्न पाएको छैन । बच्चा बेलामा हजुरले मेरालागि जे–जस्तो क्रियाकलाप गर्नु भयो त्यो मैले सहर्ष स्विकार गरेको नै थिए । जब म अलि ठूलो भए त्यस समय सम्म तपाई कमाउने भईसक्नु भएको थियो । तपाई छिमेकी राष्ट जाँदा म कति दूखी भएको थिए ? किनकी म तपाईंलाई सधै मेरो नजर अगाडी हेर्न चाहान्थे । अनी तपाई घर फर्किदा कति खुसी भएको थिए । त्यो खुसी म भित्र मात्र थेग्न नसकेर गाउँ भरिका सबै साथी तथा आफन्तलाई तपाई घर आउने खबर सुनाउनै हिड्थे जुनवेला हाम्री भाउँजुले मलाई आकाश नै खस्न आटेछ भनेर गिज्याउनु भएको आज पनि मलाई झलझली याद आइरहेको छ । तपाई घर आउने दिन म कतै पनि खेल्न गईन, केवल तपाई बाटो मात्र हेरिरहे । साझमा तपाईलाई लिन म चोक सम्म उफ्रिदै पुगेको थिए । तपाईले ल्याउनु भएको झोला बोकेर तपाईका साथ घर जाँदा मलाई कुनै सर्वोच्च शिखर चढेर सफलता पाएको जस्तो वहान हुन्थ्यो । तपाईले भारतबाट ल्याइदिएको टि–सर्ट पाइपछि त उफ्रेर गाउँ नै थर्काएको थिए । जुन कुरा सुनेर पल्लाघरे छिमेकी दिदीले पछि सम्म जिस्काउनु भयो । म तपाईको बारेमा कसैले केहि नराम्रो भनेको सुन्न चाहादैन थिए । यदि कसैले गरिहाल्यो भने तत्काल प्रतिवाद गरिहाल्थे । तपाई पढाई निरन्तरताका लागि मैलै के सम्म गर्न चाहिन् । जसको साक्षि मेरा वुवा आमा हुनुहुन्छ ।
धेरै कुरा म गर्न चाहान्न, अधिकांश कुरा तपाई स्वयमलाई नै थाहाँ छ । अर्को कुरा हजुरले मलाई जति नराम्रो व्यबहार गरे पनि म सधै हजुरको साथमै रहनेछु । बच्चा बेलामा तपाईले किन मलाई त्यति मायम गर्नु हुदैन थियो त्यो त मलाई थाहाँ छैन । तर अहिले तपाईले किन राम्रो व्यबहार गर्नुहुन्न त्यो मलाई राम्ररी थाहाँ छ । हो, अहिले हजुर कसैको साथ पाउँनु भएको छ । कसैको साथ पाएकै कारण मलाई तपाईले त्यति मायम गर्नुहुन्न । वास्तबमा तपाईले अहिले जसको साथ पाउनु भएको छ, वहाँलाई म भन्दा बढी माया गर्नु पर्ने नै हो तर वहाँको मायाले मलाई यति ठूलो प्रभाव पार्ला भनेर मैले कल्पना सम्म पनि गर्न सकेको थिइन । हजुरलाई मैले यत्रो लेखुञ्जेल  सम्म कुनै साइनो लगाएर सम्बोधन गरिन । यसको अर्थ यो हैन की म र तपाईवीच कुनै साईनो सम्बन्ध छैन । तपाई को मेरो सम्बन्ध त साच्चै भन्ने हो भने नङ र मासु बराबरको साइनो सम्बन्ध हो । तर हजुरले जुन व्यबहार म प्रति गर्नु भएको छ त्यो देख्दा मलाई तपाईको र मेरो वास्तवि साइनो भन्न गाह्रो लाग्यो । तपाई र म वीचको साईनो वास्तवमै एक अर्काका परिपुरक हुने किसिमको भए पनि हजुरले त्यस्तो कुनै व्यबहार नगरेका कारण हाम्रो साइनो सुमधुर भने हुन सकेन । तर जे–होस म सधै तपाईको भलो चाहान्छु । तपाईको कुभलोको त कल्पना सम्म पनि गर्न सक्दिन । मलाई थाहाँ छ, एकदिन म नै तपाईको कुनै समस्या समाधान गर्ने एउटा माध्यम हुनेछु । र हुन पाउँ भन्ने मेरो चाहाना पनि छ । तपाई सधै सफल हुनुहोस दुःख भने देख्न नपरोस । जसको कारण मलाई तपाई पर–पर सार्न चाहानु भएको छ वहाँ संग कहिल्यै पनि तपाईको साथ नटुटोस । हजुरलाई सम्पूर्ण कार्यकालको शुभकामना दिन चाहान्छु  ।
                                    उहि तपाईको
                                    घृणित ............

Sunday, November 2, 2014

गफाडी : डिपी आचार्य (रोयल)


वास्तविकता एकातिर
गफहान्दै गाउँ घर
आम्दानी सुक्को छैन
कुरा गर्न के को डर ?

प्रचार गर्छु हावा कुरा
गफाडी उसको उपनाम
दिनभरी धाक लगाउँछु
केहि छैन मेरो काम ।
२ पैसाको आम्दानी छैन
गफ भने करोड करोडको
नयाँ मान्छे भेट्नु हुन्न
बेइज्जत गर्छ साथी भाइको ।

हान्छ गफ कलाकार
राजनेता साथै पत्रकारको
इज्जत छैन अलिकति
गफ भने लाखौं लाखको ।

गफाडी भनि बदनाम
उसको सबैले गर्दापनि
वास्त व्यस्त केहि छैन
लगाउँछ गफ पहलमान भनि ।

Sunday, August 31, 2014

गलत प्रचार गरी बदनाम गर्नेका विरुद्धमा मुद्धा दायर गरिने

नवराज कुवर÷काठमाण्डौं । ठोक्शिला दर्पण साप्ताहिकका तथा ठोक्शिला खबर डटकमका सह–सम्पादक डिपी आचार्य ९रोयल० को व्यक्तिगत इज्जतमा आँच आउने तथा बदनामी गर्ने अभिप्रायले गलत प्रचार प्रसार गर्ने २ जनाको विरुद्धमा जिल्ला अदालत उदयपुरमा मुद्धा दर्ता हुने भएको छ । आचार्य कार्यव्यस्तताका कारण मोवाइल अफ गरि बसेको मौका पारी उनीहरुले आचार्यले एक अन्तरजातिय केटीलाई भगाएको भनि उदयपुर तथा काठमाण्डौंमा रहेका निजका आफन्त तथा साथी भाईहरु माझ उनको बदनाम गराउने अभिप्रायले यस्तो नकरात्मक प्रचार प्रसार गरेका थिए ।  ‘आफू आफ्नो परिक्षाको लागी तयारी अवस्थामा रहेको बखतमा आफ्नो बारेमा जुन किसिमको बदनामी गरिएको छ, त्यसको कारण आफू सहित परिवार समेत मानसिक पिडामा परेको कुरा आचार्यले वताए । उनले भने –‘मेरो बारेमा गरिएको कार्य  कानून विपरित भएकाले म अब कानूनी उपचारको लागी जिल्ला अदालत जादैछु ।’ तर आफूले मुद्धा हाल्ने २ जना को नाम भने उनले खोल्न चाहेनन् ।

Wednesday, August 13, 2014

के हो आर्थिक अपराध ? : डिपी आचार्य (रोयल)


               सरल भाषामा भन्नुपर्दा कानुनले नगर्नु भनेको काम गर्नुलाई अपराध भनिन्छ । त्यसर्थ आर्थिक अपराध पनि एउटा अपराध कै एउटा स्वरुप हो । अपराधका आर्थिक र राजनैतिक सामाजिक वा अन्य उदेश्यहरु हुन्छन् । जसमध्ये आर्थिक उदेश्यका लागी गरीने अपराधलाई आर्थिक अपराध भनिन्छ । आर्थिक अपराध अन्तर्गत विभिन्न प्रकारका अपराधिक कार्यहरु समावेश गरीएका हुन्छन् जो आर्थिक लाभको खातिर गरीएका हुन्छन् । आर्थिक अपराधमा विभिन्न किसिमका अपराधहरु समावेस हुने भएकाले आर्थिक अपराधलाई अपराधको एउटा छमता शब्दको रुपमा लिइन्छ । जसमा विभिन्न व्यापारीक, औद्योगिक र सँगठित गतिविधिबाट हुने आपराधहरु सम्मिलित भएका हुन्छन् । यस्तो अपराध गैरकानुनी रुपमा नाफाको अभिप्रायले भएको हुन्छ । वास्तबमा कानुनले निषेधित गरीएको तरीका अपनाएर वा कानुनको प्रतिकूल हुने गरी सम्पति आर्जन गर्ने कार्य नै आर्थिक अपराधको रुपमा लिइन्छ । जुन हामैो देशमा पनि दिनानु दिन बढ्दै गइरहेको पाइन्छ ।
कस्ता–कस्ता छन त आर्थिक अपराधका स्वरुपहरु ?
१. मुद्रा निर्मलीकरण
असुद्ध धनलाई शुद्ध धनमा रुपान्तरीत गर्ने कार्यलाई मुद्रा निर्मुलीकरण भनिन्छ छ । मुद्रा निर्मलीकरणकै माध्यमबाट अवैधापनक तरीकाबाट आर्जित आयलाई कानूनी आयको रुपमा परिवर्तित गरीन्छ । मुद्रा निर्मलीकरण यस्तो अपराधिक क्रियाकलाप हो जसले अपराधिक र गैर कानुनी आयबाट आर्जित आयलाई नाटकिय रुपमा कानूनी आय दिइन्छ ।
नेपालमा अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति सुद्धिकरण गर्ने कार्यलाई निवारण गर्ने उदेश्यले सम्वत्ति सुद्धिकरण निवारण ऐन २०६४ प्रचलनमा रहेको छ । यो अपराभ अन्र्तराज्यीय हुने भएकाले अपराध जन्य कार्यबाट आर्जित सम्पति जुनसुकै उपाय वा माध्यमबाट स्थानान्तरण गर्ने जहाँसुकैका जुनसुकै व्यक्तिलाई पनि यो एन लागु हुने व्यबस्था यो ऐनले गरेको छ ।
२.कम्प्युटर अपराध
प्रविधि अपराध नियण्त्रणका लापग वरदान र अभिसाप दुबै रुपमा रहेको छ । एसले एकातफ कानुन कार्यान्वयन अधिकारीलाई कार्यसम्पादनमा सहयोग पु¥याएको छ भने अर्को तर्फ अपराधिहरुले प्रविधिको प्रयोग गरी आफ्ना अपराधिक क्रियाकलापलाई विस्तार गरेका छन् । इन्टरनेटको प्रयोगले अपराधिलाई झनै सहयोग पुगेको छ । कम्प्युटर अपराधमा कम्प्युटर पिरुद्ध लक्षित अपराध जस्तै ः डाटा, सुचना, क्रेडिकार्ड, पासवर्ड नष्ट गर्ने, भाइरसको प्रयोग गरी सुचना प्रविधि विनास गर्ने, कम्प्युटरलाई माध्यम बनाई गरीने अपराध जस्तै ठगी, विभिन्न खाताको पैसा पठाएर चोरी, पासवर्डको ब्यापार किर्ते, जालसाज आदि पर्दछन् ।
कम्प्युटर प्रविधिबाट विभिन्न विभिन्न किसिमका आर्थिक अपराध हुने हँुदा अपराधको कुरा गर्दा कम्प्युटर अपराधलाई विर्सन सकिदैन् ।
३. बौद्धिक सम्पति सम्बन्धी अपराध
व्यक्तिको ज्ञान, सिप, बल, आदिबाट सृजित अभौतिक बस्तु कानुन द्धारा संरक्षण गरीन्छ । यस क्रममा टे«डमार्कको नक्कल गर्नु, चोर्नु, अर्काको लेख रचनामा हु–बहु कपि गर्नु आदि जस्ता अपराधहरु बौद्धिक सम्पति सम्बन्धी अपराध अन्तर्गत पर्दछन ।
४. जाली नोट र मुद्रासँग सम्बन्धित अपराध
नेपालमा नेपाली रुपैया र भारतिय रुपैयाको जालिनोट बनाउने अपराध बढीरहेको पाउछौं । प्रविधिको विकास सँगै यो अपराध बढ्दै गरेको पाइन्छ । सामान्य रुपमा भन्नु पर्दा नक्कली पैसा छपाउने वा यसको कारोवार गर्ने अपराधहरु जाली नोट र मुद्रासँग सम्बन्धित अपराध अन्तर्गत पर्दछन् ।
५. भ्रष्टचार
भ्रष्टचार पनि आर्थिक अपराध अन्तर्गत नै पर्दछ । भ्रष्टचार नेपालमा पनि सर्बव्यापक छ । यो कुनै क्षेत्र वा मुलुकमा मात्र सिमित हुँदैन । यो विश्व व्यापि समस्या हो ।
६. मानव बेचबिखन र लागु औसध
मानव बेचबिखन र लागु औसध अपराधलाई पनि आर्थिक अपराध अन्तर्गत नै लिइन्छ । आर्थिक उदेश्यले मानव बेचबिखन तथा लागु औसध कारोबार गरीने भएकाले यस किसिमको अपराधलाई आर्थिक अपराधको रुपमा लिइन्छ । नेपालमा मानब बेचविखन विरुद्धको ऐन, २०६४ पहिलेको जीउँ मास्ने बेच्ने ऐन, २०४३ लाई पैतिस्थापन गरी प्रचलनमा छ भने लागु–औषध नियण्त्रण ऐन,२०३३ पनि प्रचलनमा रहेको छ ।
७. ठगी
आर्थिक रुपमा विभिन्न किसिमले ठगी गर्नुलाई पनि आर्थिक अपराध अन्तर्गत नै लिइन्छ । यसमा चोरी, डकैति, लुटपाट तथा झुम्याएर आर्थिक ठगी गर्ने अपराधहरु पर्दछन् । यस बाहेकका व्यापारीक र कर छली तथा राजश्व चुहावट, सेयर बजार सँग सम्बन्धित कायैहरु आदि आर्थिक अपराध अन्तर्गत पर्दछन् ।
० नेपालमा आर्थिक अपराध नियण्त्रण गर्ने कानुनी संरचनाहरुः
  • सम्पति शुद्धिकरण निबारण ऐन, २०६४
  • बैंक तथा बित्तिय सँस्था सम्बन्धी ऐन, २०६३
  • बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४
  • भन्सार ऐन, २०६४
  • मूल्य अभिबृद्धि कर ऐन, २०५२
  • वैदेशिक रोजगार ऐन, २०६४
  • मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४
  • मुलुकी ऐन, २०२०
  • राजश्व चुहावट(अनुसन्धान तथा नियण्त्रण) ऐन, २०५२
  • लगू औषध नियण्त्रण ऐन, २०३३
  • नेपाल राष्ट्र बैंक ऐन, २०५८
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
  • अन्तशुल्क ऐन, २०५८
  • भ्रष्टचार निवारण ऐन, २०५९
  • आयकर ऐन, २०५८ (आदी)
  • ० नेपालमा आर्थिक अपराध नियण्त्रण सँग सम्बन्धित सँस्थागत संरचना
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • नेपाल प्रहरी
  • राजश्व अनुसन्धान विभाग
  • सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग
  • राजश्व सँग सम्बन्धित निकायहरु ० अभियोजन सँग सम्बन्धित निकायहरु
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • महान्याधिवक्तको कार्यलय
  • सरकारी वकिल कार्यालयहरु
  • राजश्व अनुसन्धान विभाग
० न्याय निरुपणसँग सम्बन्धित निकायहरु ः
  • सर्वोच, पुनरावेदन र जिल्ला अदालत
  • विषेश अदालत
  • राजश्व न्याधिकरण
  • राजश्वसँग सम्बन्धित निकायहरु

Wednesday, July 23, 2014

जसको घाटिबाट सँगितका सम्पुर्ण आवाजहर गुञ्जिन्छन



 Ramesh Dulal Cage bahun
रमेश दुलाल (कागे बाहुन) ः १७७ वटा चराको आवाज निकाल्ने
० हाल के मा ब्यस्त हुनुहुन्छ ?
अहिले प्रोग्राम मै ब्यस्त छु । सधै कार्यक्रम परिरहन्छ ।
० कस्ता–कस्ता कलाहरु देखाउनु हुन्छ ?
मुखबाट मादलका बिभिन्न तालहरु, नाकबाट गितार सारगिं, घाटिबाट सनाइ, ड्रमसेट लगायत बिभिन्न बाध्यबाधन तथा करिब २०० पं्रजातिका चराहरुको आवाज निकाल्छु ।
० कुन–कुन ठाउँमा आफ्नो कला प्रदर्शन गरिसक्नु भएको छ ?
नेपालका करिब सबै स्थानहरु पुगिसकेको छु, भने  भारत, दुबै, मलेसिया, मतार लगायतका देशहरुमा  आफ्नो कला देखाइसकेको छु । विशेष गरेर म सँस्थाको कार्यक्रमा वढि गएको छु ।

० कसरी सिक्नु भयो यस्तो कला ?
यो भगवानको देन हो । कसरी आयो भन्ने कुरा अनुभव गर्न नै सक्दिन ।
० तपाइको यो कलालाई यहाँ सम्म ल्याइपुर्याउन कुन–कुन क्षेत्रबाट क–कसले सहयोग गर्नु भएको छ ?
ब्यक्तिगत तर्फ बाट गाएक पुरुषोत्तम न्यौपाने, मिलन लामा, प्रकाश कटुवाल, मनोज गजुरेल, नविन पौडेल लगाएतकाले सहयोग गर्नु भएको छ । साथै सँस्थाको तर्फबाट जलवायु परिवर्तनले ठरुलो सहयोग गरेको छ ।

० नेपाल सरकारले कुनै सहयोग गरेको छ कि ?
यो नै भनेर नतोकुम, विभिन्न कार्यक्रमको माध्यमबाट सम्मान प्रदान गरेको छ ।

० आम्दानिको स्रो त के छ, कसरी जीवन निर्वाह गर्नु हुन्छ ?
विभिन्न कार्यक्रमहरुको माध्यमबाट साथै म ज्योतिषी पनि हो भागवतको कथा पनि भन्छु यसबाट मलाई जीवन निर्वाह गर्न सहज नै भएको छ ।
० प्रसङ्ग अलिकति बदलौं तपाई विवाहित कि अविवाहित ?
अविवाहित ।
उमेर त भै–सकेको जस्तो छ, किन विवाह गर्नु भएन ?
ज्यान हेरेर भन्नु भको हो ? भर्खर २६ बर्ष त पुग्दैछु के को विहे गर्ने उमेर हुनु ।
० कस्तो प्रकारको केटि विहे गर्नु हुन्छ ?
राम्रा दात र कान, मुहार मसिनो बोलि कटि बारुले
हात्ति झै हिडने, नपारी दमको,लामा नयन नम्रले
बाबा आदि पिझाएकि कुछ ठूला राता दुबै ओठ छन्
काला केश र हात पाउँ मसिना कन्या असल भन्दछन् ।

० तपाई के भन्न चाहानुहुन्छ, आफ्ना फ्यानहरुलाई ?
अरु त के भन्नु र, सबैलाई आई लभ यू ।